काठमाडौं । आइतबारदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सात घण्टा बन्द हुने भएको छ ।
विमानस्थल स्तरोन्नतीकरणको दोस्रो चरणअन्तर्गत निर्माणका लागि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म बन्द गर्न लागिएकी विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नति गरिएको थियो । त्यसको करिव ९५ प्रतिशत काम पूरा भएको उनले जानकारी दिए ।
दोस्रो चरणमा ट्याक्सी वेर लिङ्क रोड निर्माणको काम हुनेछ उनले भने । यो काम करिव चार महिनामा पूरा हुने उनले बताए । यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘रन वेलेन राइट’ पनि राखिने क्षेत्रीले जानकारी दिए।
विमानस्थल सात घण्टा बन्द भए पनि नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा भने असर पर्नेछैन । राति साढे २ बजे ओसाका उडान गर्दै आएको निगमको उडान समयमा आधा घण्टा विमानस्थल स्तरोन्नति काम बन्द गरिने क्षेत्रीले जानकारी दिए।
राति दुई बजेदेखि निगमको उडानका लागि काम बन्द गछौ उहाँले भन्नुभयो उनले भने “साढे दुई बजे उडान भएपछि काम सुरु हुन्छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस