aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

ट्रिटनमा ‘ट्रिटन टक– सिजन १’ सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
ट्रिटनमा ‘ट्रिटन टक– सिजन १’ सम्पन्न

काठमाडौं । विश्व परिवेशमा हरेक क्षेत्रका पेसा व्यवसायमा सफलता हासिल गर्न अपरिहार्य जस्तै बनेको छ, व्यक्तिको वाचन कला । यो विषय व्यक्तिमा एकै पटक निखारता आउने होइन त्यसैले उक्त कुराको वृद्धि विकासलाई टेवा पुर्याउनका लागि काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल मावि/कलेजमा विद्यार्थीहरुकै सहभागीतामा “ट्रिटन टक – सिजन १” सम्पन्न गरिएको छ ।

विद्यार्थीहरुको विषय वस्तुको दायरा फराकिलोे बनाउने उद्देश्यले ट्रिटन टक सिजन १ कार्यक्रम आयोजना गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११, १२ तहका विद्यार्थीहरुलाई कक्षा कोठाको पठन पाठनको सैद्धान्तिक ज्ञानलाई व्यक्ति विकाशमा देखाउने उद्धेश्यले यो कार्यक्रम गरिएको विद्यालयका ट्रिटन टक – सिजन १ कार्यक्रम व्यवस्थापक कमान सिहं आरसिले बताए ।  

विभिन्न विषय वस्तु समेति ११ वटा शिर्षकमा उक्त कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा हरेक शिर्षकमा एक जना प्रश्तोता र अर्का एक जना विषय विज्ञका रुपमा प्रस्तुत भएको थियो । कार्यक्रमलाई व्यवहारिक र क्षमता वृद्धि प्रदान गर्नका लागि विभिन्न विद्यार्थी, शिक्षक शिक्षिकाबाट पनि जिज्ञाशा राखि विज्ञ मार्पmत भनाईहरु राखिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस