aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एनआइसी बैंकको एटिएम फेड्दै गर्दा प्रकाश मगर पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
एनआइसी बैंकको एटिएम फेड्दै गर्दा प्रकाश मगर पक्राउ

काठमाडौं । बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

प्रतिक्रिया दिनुहोस