aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पाँच सयबाट सुरु भएको व्यवसाय चार करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
पाँच सयबाट सुरु भएको व्यवसाय चार करोड

सिमकोट ।  सुन्दा पनि पत्याउनै कठिन, पाँच सय रुपियाँ लगानी गरेर सञ्चालन गरेको होटेल व्यवसायबाट चार करोडभन्दा बढीको मालिक भएँ भन्दा तर कुरा यथार्थ हो । 

सिमकोट गाउँपालिका वडा नम्बर १ दोजाम गाउँकी मेहनती याङ्की लामाले २०६२ सालमा पाँच सय रुपियाँले होटेल व्यवसाय सुरु गरेकी थिइन । अहिले यो चार करोडभन्दा बढी लगानी भएको होटेल बनेको छ र उनी यसको मालिक बन्न सफल भएकी छन्। 

गाउँ कै विजय लामासँग विवाह गरेपछि घर परिवारबाट राम्रो व्यवहार नपाउँदा २०५५/२०५६ सालतिर सदरमुकाम सिमकोटमा दल व्यवसाय सञ्चालन गर्दा र पछि २०५९ सालमा लगञ्जको हम्लीको अखडा रॉका एयरपोर्टमा तान दल चलाउँदा पनि केही सीप नलागेको लामाले बताइन।

२०६२ सालतिर सिमकोट मै आएर पाँच सय लगानी गरी मःमः बनाउन सुरु गरेको अनुभव सुनाइन । श्रीमान् विजय काम विशेषले जिल्लाको दक्षिणी क्षेत्रमा गएको बेला एक्लै होटेल चलाएर एकमहिनामा तीनहजार कमाइ गरेपछि आशा जागेको उनले बताइन । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस