aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

इसेवा मार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
इसेवा मार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एनसेलका कुनैपनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न  सकिने भएको छ । इसेवा मार्फत एनसेल मोबाईलमा जनवरी महिना अवधीभर जम्मा  ६ सय रूपैयाँ भन्दा बढिको  टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिनेछ ।

यसका अलवा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले सार्वजनिक गरेको छ । साथै रू २०० भन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सकिनेछ । यो योजना अंग्रेजी महिनाको जनवरी अन्तिम सम्म लागु हुनेछ । 

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओएस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।  

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।  
 

प्रतिक्रिया दिनुहोस