aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ

रौतहट । स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । गौर नगरपालिका १ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२ वर्षीय संजिव कुमार तिवारी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस