भैरहवा । तिलोत्तमा नगरपालिका वडा नं. १५ मा रहेको दुर्गा आमा समूहले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । समुहले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै समाजमा काम गर्दै आएको छ । सोमबार पशुपति कलेजमा पनि गरिब तथा जेहेन्दार छात्रवृत्ति स्थापनाका लागि पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।
आमा समुहका अध्यक्ष राधा कुमारी कोईरालाले कलेज व्यवस्थापन समितिलाई चेक मार्फत रकम हस्तान्तरण गरिन् । अक्षयकोष रकम हस्तान्तरण कार्यक्रम मा कलेज संचालक समिति अध्यक्ष तामबहादुर राना, उपाध्यक्ष लिलाबल्भव गैरे, सदस्यहरु भिमलाल बस्याल, रामप्रसाद बस्याल, प्राध्यापक संघ सभापति चेतराम पराजुली, सहायक क्याम्पस प्रमुख जित बहादुर रास्कोटी तथा आमा समुहबाट उपाध्यक्ष भवानी लगायत पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मा उपाध्यक्ष भवानी रानाले अक्षयकोष स्थापनाको उदेश्य माथि प्रकाश पारिन् ।
कलेज संचालक समिति का अध्यक्ष ताम बहादुर रानाले कलेजको शैक्षिक बिकासको महानयात्रामा अक्षयकोष स्थापना गरि उदाहरणीय र प्रशसनीय कार्य भएको बताए ।
प्रतिक्रिया दिनुहोस