aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

युक्रेनी राजधानी हवाइ आक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
युक्रेनी राजधानी हवाइ आक्रमण

एजेन्सी । युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्। कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानी विरुद्ध शुरू गरिएका सबै ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरिएको बताएको छ । 

हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई  मान्य क्षति पुगेको  छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ । यसैगरी कीभ क्षेत्रमा ड्रोन आक्रमणमा पूर्वाधार सुविधा क्षतिग्रस्त भएको किभ क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सी कुलेबाले टेलिग्राममा बताएका छन् । यद्यपि युक्रेनी  आक्रमणबाट राजधानी र कीभ क्षेत्रमा कुनै हताहतीको  भने भएको छैन् । 

रुसले जम्माजम्मी ४५ लडाकु ड्रोनहरू प्रक्षेपण गरेको  छ । त्यसमध्ये ३२ वटा आइतबार मध्यरात पछि र शनिबार अबेर राति १३ वटा प्रहार गरइएको थियो ।  यद्यपि ती सबैलाई युक्रेनको हवाइ रक्षाले खसालेको युक्रेनी सशस्त्र सेनाको वायुसेना कमाण्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस