
जुम्ला । प्रतिनिधि सभाका सांसद विनिता कठायतले जुम्लाका ६ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा सांसद बनेकि कठायतले छ कार्यालयको छड्के अनुगमनमा ५ जना कार्यालय प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ । सांसद भइसकेपछि पहिलो पटक जुम्ला पुगेकि सांसद कठायतले जुम्लामा रहेका करिब ५६ वटा मध्ये ६ वटा सरकारी कार्यालयहरुको छड्के अनगुमन गरेकि हुन् ।
कामको बाहनामा हिँउदको समयमा कार्यालय हरु रित्ता हुने गरेको विगतको ईतिहास छ । हरेक कार्यालय प्रमुखले जिल्ला बाहिर जाँदा जिल्ला प्रशासनको अनुमानि लिनु पर्ने प्रावधान भएपनि नियम मिचेर कार्यालय प्रमुख जिल्ला बाहिर रहेको उनले बताइन ।
६ वटा कार्यालयमा अनुगमन गर्दा जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारि को मात्रै उपस्थिति देखियो, अरु सबै अनुपस्थित रहे । जिल्ला बाहिर जाँदा प्रमुख जिल्ला अधिकारीलाई छलेर जाने परम्परा देखियो,उनले भनिन्, यो अभ्यास रोकिनु पर्छ । जिल्लामा लामो समय देखि कृषि क्षेत्रमा विभिन्न कार्यालय सक्रिय रहे पनि किसानको उन्नति हुन नसकेकाले प्रभावकारी कार्य सम्पादनमा ध्यान सांसद कठायतले अनुरोध गरेकि छन् । अनुगमनका क्रममा जनास्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा गएको वैशाख महिना देखि पुष महिनाको १५ गते सम्म जम्मा ७७ दिन मात्रै हाजिर भएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस