
काठमाडौं । अष्ट्रेलियामा हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु । त्यहाँको दक्षिण बन्दरगाहको गोल्ड कोस्टको आकाशमा दुईवटा हेलिकोप्टर ठोकिँदा चार जनाको ज्यान गएको हो ।
एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवामाथि उत्तानो परेको थियो । उक्त दुर्घटनामा परी तीनजना सख्त घाइते भएका छन् ।
दुर्घटना लगत्तै हेलिकोप्टरका पङ्खाहरू केही टाढा उछिट्टिएका थिए ।
घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोले अनुसन्धान सुरु गरेको छ । दुर्घटनालाई ब्युरोले मध्य आकाशमा ठोक्काइ’ भनेको छ । यसैबीच, अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषको जाँच गरेका छन् ।
प्रतिक्रिया दिनुहोस