aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सरकारी जग्गा व्यक्तिको बनाउने चार जनालाई विशेष अदालतले दियो सफाइ, अख्तियार रुष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ पुस २०७९
सरकारी जग्गा व्यक्तिको बनाउने चार जनालाई विशेष अदालतले दियो सफाइ, अख्तियार रुष्ट

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने चार जनालाई विशेष अदालत काठमाडौंले सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी रूपमा नक्सा सुधार गरी सरकारी जग्गा व्यक्ति विशेषको नाममा कायम गरी भ्रष्टाचार गर्ने चार जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा भरतसिंह ऐर, केशवनाथ कट्टेल, राजेश कुमार केसी र मञ्जुतारा शाक्य ताम्राकार प्रतिवादी रहेका थिए ।

उनीहरू चार जनालाई विशेष अदालतले सफाइ दिएको भन्दै आयोग रुष्ट बनेको छ । अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गराएको छ ।  

आरोप पत्र बमोजिमको कसुर ठहर भई कसुरदारहरूलाई कैद, जरिवाना र  बिगो भराउने समेतको सजाय भइसकेपछि प्रतिवादी मध्येका मञ्जुतारा शाक्य ताम्राकारको नाममा गैर कानुनी रूपमा बनाएको कित्ता नम्बर 1020, क्षेत्रफल 0-10-0-0 को फायल नक्सा,  सोही नक्सा बमोजिम कायम प्लट रजिष्टर, जग्गाधनी दर्ता श्रेस्ता र जग्गाधनी दर्ता प्रमाण पूर्जामा रहेको क्षेत्रफल बदर गरी साविक बमोजिमको क्षेत्रफल कायम गर्नेतर्फ फैसलामा केही उल्लेख नगरिएकोले सो हदसम्मको फैसला त्रुटिपूर्ण रहेको भन्दै आयोगले उनीहरुविरुद्धको मुद्दामा पुनरावेदन गराएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस