aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दूधको मूल्य बढाउन माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
दूधको मूल्य बढाउन माग

काठमाडौं । दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गरी दूधको मूल्य बढाउन माग गरेको हो । 


विगत तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग गरेको हो ।

आफूहरुको उत्पादन लागतमा विगत तीन वर्षयता ३० प्रतिशतभन्दा बढी मुल्यबृद्धि भएको जनाउँदै दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने उनीहरुको माग छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस