
काठमाडौं । गोर्खा बुअरीद्वारा उत्पादित अधिकांश पेयपदार्थ गुणस्तरहीन रहेको भेटिएको छ । सो कम्पनीले उत्पादन गरेको काल्सबर्ग, दुबोर्ग, गोर्खालगायत बियरहरू गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभागले पुष्टि गरेको छ ।
विभागले गरेको अनुगमनबाट गोर्खा ब्रुअरीको उत्पादन टुबोर्ग बियर गुणस्तरहीन भएको पुष्टि गरेको हो । विभागले गत महिना सो कम्पनीको नवलपरासीस्थित उद्योगमा अनुगमन गरी नमूना संकलन गरेर परीक्षण गरेपछि यस्तो तथ्य भेटिएको हो ।
परीक्षणका क्रममा पाँच सय एमएलको टुबोर्ग स्ट्रोङ क्यान वियर गुणस्तरहीन भएको पाइएको विभागको रेकर्डमा उल्लेख छ । लामो समयदेखि सो कम्पनीले करछली गर्दै आएको र सो छली गरेको कर र जरिवानासहित कर कार्यालयले निर्धारण गरेको कर नबुझाउने भन्दै मुद्दामामिलामा गएको थियो। विभागले शंका लागी परीक्षणका लागि लिएको क्यान बियरको एलसी पर्सेन्टको मान नेपाल गुणस्तर २३ अनुरूप नभएको पाइएको, अर्कातिर लेभलमा ५ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा रहेको लेखिएको टुबोर्ग बियरको बोतलको परीक्षण गर्दा ४ दशमलव ५ प्रतिशतभन्दा कम पाइएको विभागको टिप्पणीमा उल्लेख छ ।
अल्कोहलको प्रतिशत कम भएकाले गुणस्तर तथा नापतौल विभागले स्पष्टीकरण समेत सोधेको थियो । तर, गोर्खा ब्रअरीले अल्कोहलको मात्रा पुगेको छ भनेर दाबी गरेपछि विभागले बजारबाट थप नमूना संकलन गरी परीक्षण गरेपछि सो तथ्य बाहिर आएको हो ।
प्रतिक्रिया दिनुहोस