aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

तपाईको स्वास्थ्यमा यी समस्या छन भने लसुन नखानु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ पुस २०७९
तपाईको स्वास्थ्यमा यी समस्या छन भने लसुन नखानु

काठमाडौं । लसुन नेपाली खानामा व्यापक रूपमा प्रयोग गरिन्छ। खानामा लसुन मिसाउँदा यसले स्वाद झनै बढ्छ । लसुन स्वास्थ्यका लागि निकै फाइदाजनक पनि छ । विशेषगरी जाडोमा लसुन खानु शरीरका लागि राम्रो मानिन्छ । लसुनलाई जाडोको सुपरफुड समेत मानिन्छ ।

 लसुन खानु सबैका लागि फाइदाजनक भएतापनि कतिपयले यसको सेवन गर्नु हुँदैन । लसुन रोग प्रतिरोधात्मक क्षमताका लागि धेरै राम्रो हुन्छ, त्यसैले जाडोमा यसलाई खानु राम्रो हुन्छ । लसुनका अन्य धेरै फाइदा छन् तर लसुन खानु सबैका लागि फाइदाजनक साबित हुँदैन ।

जसलाई एसिडिटीको समस्या छ, लसुन खाँदा पेट दुख्न सक्छ । यसबाहेक एसिडिटीको समस्या भएकाले खाली पेटमा लसुन खानु हुँदैन । यदि पेट एकदमै कमजोर छ र केहि पनि खाँदा सजिलै बिग्रन्छ भने लसुन खानुहुँदैन ।  यसले समस्या झनै बढाउन सक्छ ।

यदि  सास गन्हाउने र शरीरमा पसिना आउने समस्या छ भने लसुन खानु हुँदैन । यसले समस्या झनै बढाउन सक्छ । यदि रगत पातलो बनाउने औषधि खाँदै हुनुहुन्छ भने, सीमित मात्रामा लसुन खानुपर्छ।

लसुन सबैका लागि नराम्रो वा हानिकारक छैन। कुनै पनि ठूलो स्वास्थ्य समस्या नभएका मानिसहरूका लागि लसुन उत्तम हुन्छ। यसले प्रतिरक्षा सुधार गर्छ, उच्च रक्तचाप कम गर्छ र कोलेस्ट्रोल स्तर कम गर्न मद्दत गर्छ।

लसुनमा एन्टिबायोटिक गुण पनि हुन्छ ।  जसले संक्रमणसँग लड्छ।लसुन प्रायः खानामा प्रयोग गरिन्छ। तर यसको फाइदा उठाउन चाहनुहुन्छ भने काँचो खानुहोस् । उच्च तापक्रममा लसुन पकाउँदा यसमा पाइने एन्टिअक्सिडेन्ट नष्ट हुन्छ । तसर्थ, यदि लसुनका फाइदाहरू लिन चाहनुहुन्छ भने, यसलाई ६० डिग्री सेल्सियस भन्दा माथिको तापक्रममा पकाउनु हुँदैन।

प्रतिक्रिया दिनुहोस