aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

खुलामञ्च मास्ने बालेन्द्रको योजनामा यसकारण हुँदैछ विरोध

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, २० पुस २०७९
खुलामञ्च मास्ने बालेन्द्रको योजनामा यसकारण हुँदैछ विरोध

खुलामञ्च, सबैका लागी सधै खुला । चाहे राजतन्त्र होस् या गणतन्त्र । स्वतन्त्रताको विगुल फुक्न होस् या सत्ताको प्रतिकार गर्न होस् । खुलामञ्च सँधै सबैको साझा बन्यो । दुरदराजबाट सपनाको तान बुन्दे राजधानी छिरेको बेरोजगार युवाले सुस्ताउने घर हो खुलामञ्च । हुँदा खानेहरुको भरोषाको केन्द्र पनि हो ।
 
सँधै सबैलाई बर्षोदेखि खुला खुलामञ्च अब बन्द गरिँदैछ । काठमाडौ उपत्यकाको सुन्धारा क्षेत्रमा पाकिङलाई सहज बनाउने भन्दै काठमाडौ महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउने निर्णय गरेको छ । गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पूनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो । करौडौ रुपैयाको लागतमा काठमाडौंको मुख्य क्षेत्र मानिने खुलामञ्चको स्वरुप बिगार्न लागिएको भन्दै सम्पदाविद र अभियन्ता आन्दोलनमा छन् ।
 
काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई अहिलेको अवस्था मै हुनुपर्ने र मास्न नपाइने अभियन्ताको माग छ । प्राचिन हिटी प्रणालीसँग जोडिएको खुलामञ्चको प्राकृतिक रिचार्ज सिष्टम र अन्य नकारात्मक वातावरणीय प्रभाव पर्ने भएकाले खुलामञ्चलाई चलाउन नहुने उनीहरूको तर्क छ ।

प्रतिक्रिया दिनुहोस