aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अमेरिकामा फेरी चल्यो अन्धाधुन्ध गोली, ५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
अमेरिकामा फेरी चल्यो अन्धाधुन्ध गोली, ५ जनाको मृत्यु

टेक्सस । एक जना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभाबी गोली प्रहार गरेको समाचार एजेन्सीमा उल्लेख छ । उक्त बन्दुकधारीले आफ्नो गाडी रोक्न प्रयास गर्ने ट्राफिक प्रहरी माथि पहिलो गोली प्रहार गरेका थिए । 

टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा भएका घटनामा संदिग्ध मानिएका एक गोरा व्यक्ति सुरक्षा कारबाहीमा मारिएका छन् । उक्त घटना किन भयो भन्ने बारे भने पुष्टि भएको छैन ।

करिब ३५ वर्षका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको ट्रक खोसेर नजिकैको मिडल्यान्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरेका थिए । 

उनी एउटा सिनेमा घर नजिकै प्रहरीको गोली लागेर मारिएका छन् । प्रहरी प्रवक्ताले सो घटनामा १६ जना घाइते भएको र कम्तीमा ५ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

यो घटनाको ठिक चार हप्ता पहिले पनि टेक्सस सहरमा एक बन्दुकधारीले चलाएको गाली बाट २२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस