aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

१ अर्ब ८० करोड वैदेशिक लगानी चार महिनामा गयो फिर्ता

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, २० पुस २०७९
१ अर्ब ८० करोड वैदेशिक लगानी चार महिनामा गयो फिर्ता

काठमाडौं । मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष (आव २०७९/८०) को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा ३९ करोड ६७ लाख र आव २०७८/७९ मा ६५ करोड ८७ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको थियो । आर्थिक अवस्था असहज भएका बेला ठूलो परिमाणमा विदेशी लगानी फिर्ता जाँदा सम्भावित लगानीकर्तामाझ नकारात्मक सन्देश प्रवाह हुने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस