काठमाडौं । वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । वीर अस्पतालमा अबदेखि फोनपे क्यूअनारदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ ।
वीर अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टमको सुरू गरिएसँगै बिरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो र यस किसिमको सुरूवात वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले गरे ।
फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुबिधा उपलब्ध गराइएको हो । अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको हो ।
क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधाको उद्घाटन गर्नै अधिकृत बस्नेतले भने, ‘वीर अस्पतालमा क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा सुरू भएसँगै अबदेखि नगदनै बोकेर आउन पर्ने बाध्यता र पर्स चोरी हुने जस्ता डरबाट मुक्ति मिलेको छ । उनले थपे, ‘हामीले हरेक दिन अस्पताललाई प्रविधि मैत्री बनाउँदै लगिरहने छौँ ।’
यो सुविधासँगै अबदेखि टिकटका लागि पैसा तिर्न लामो लाइन बस्नुपर्ने झन्झटबाट मुिक्त मिल्नुका साथै कुनैपनि सेवाको क्यूआर मार्फत भुक्तानी गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस