aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अर्थतन्त्रबारे प्रधानमन्त्रीको चासो, अर्थमन्त्री र गभर्नरसँग छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० पुस २०७९
अर्थतन्त्रबारे प्रधानमन्त्रीको चासो, अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाडौं । प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिए ।

छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस