भैरहवा । विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ । आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन् । नेपालमा पनि बिरयानी लोकप्रिय खाजा र नास्ताको रुपमा स्थापित भइसकेको छ । बिरयानी भारत र इरानका लागि लोकप्रिय परिकार हो । यसको सुरुवात पनि यिनै देशबाट भएको मानिन्छ । आजभोलि यो एसियाका प्रायः सबै देशमा पुगेको छ ।
एसियाली देशमा फरक–फरक तरिकाले बिरयानी बनाइने गरिन्छ बच्चा होस या बृद्व सबैको मन मतिष्कमा बस्न सफल परिकारको रुपमा लिएको बि¥यानीको ब्यपार भैरहबामा पनि फस्टाउदै गएको देखिन्छ । चामललाई मुख्य सामग्रीका रूपमा प्रयोग गरी मरमसला र खसी कुखुरा वा माछासहित तयार गरिएको परिकारलाई विरयानी भनिन्छ । एसियाको सबै स्थानमा यो स्थान विशेषअनुसार केही फरक तरिका र सामग्री प्रयोग गरेर बनाइन्छ ।
विरयानीमा विशेष गरी घिउ, जाइफल, खुर्सानी, ल्वाङ, दालचिनी, इलाइची, तेजपत्ता, धनियाँ, पुदिना, अदुवा, लसुन र प्याजको प्रयोग गरिन्छ । खाना पकाउनको लागि विशेष खालका भाँडाकुँडा प्रयोग गरिन्छ । ८ बर्ष देखीे विरियानी ब्यपारमा लागी परेका स्टार बिरयानीका सञ्चालक इजहार अहमद खानले सिपयुक्त कामदारद्धारा गुणस्तरीय बिरयानी बनाएर ग्राहकलाई सन्तृष्ट बनाएको बताए ।
घरमा बनाएको जस्तै स्बाद र पारिवारीक वातावरणमा विरियानी उपलब्ध हुने विरियानी खान आएका तारकेशोर गुप्ताले बताए । ५ बर्षदेखी सञ्चालित भैरहवाकै लोकप्रिय हबिब विरियानीका सञ्चालक समसाद आलम केही बर्ष बिदेश बसी सिप सिकेर नेपालमै केही गर्ने उदेश्यको साथ पसल सञ्चालनमा ल्याएको बताए । भैरहवा क्षेत्रमा विरियानीको स्बाद र गुणस्तरता अझ अब्बल बनाउनु पर्ने विरियानी उपभोक्ता समीप पन्थ बताउँछन् ।
भैरहवा बासीलाई सस्तो र गुणस्तरीय बिरियानी उपलब्ध गराउँदै आएको आर. के बिरियानीका सञ्चालक रेहान खानले ग्राहकको स्बाद र गुणस्तरतामा सधै ध्यान दिएको बताए । अन्य देशमा पाउने बिरयानी र नेपालमा पाउने बिरयानीको स्बादमा फरकपन भएपनि नेपालमा उपलब्ध साधनस्रोतको उपयोग गरी बनाइने बिरयानी गुणस्तरीय र स्बादीलो भएको निरज बरालको भनाइ छ ।
नेपालमा भने बिरयानी खान थालेको धेरै भएको छैन । तर, आजकल भैरहवाका अधिकांश रेस्टुरेन्टको मेनुमा बिरयानी समावेश भएको पाइन्छ । ननभेज रुचाउने युवापुस्ताका लागि चिकेन बिरयानी रोजाइमा पर्ने गर्छ । यसलाई घरमै पनि बनाएर खान सकिन्छ ।
प्रतिक्रिया दिनुहोस