aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रधानमन्त्री दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति असन्तुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० पुस २०७९
प्रधानमन्त्री दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति असन्तुष्टि सार्वजनिक भएको छ । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले प्रधानमन्त्री दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका हुन । आयोगका पूर्व अध्यक्ष मैनालीले कर्मचारी र प्रशासनको मूल्यांकन नभइ अचानक सरकारबाट आएको निर्देशनले प्रशासनमा राम्रो सन्देश नगएको बताएका छन।

मैनालीले नेपालको कर्मचारी प्रशासनमा भइरहेको समस्याको खोजी गर्न कोहि पनि नलाग्ने त्यसको समाधान गर्न आवश्यक सामग्री र जनशक्तिको पहिचानपछि मात्रै यस प्रकारका निर्देशन दिन समेत उनले सुझाव दिए । 

नीति परिवर्तन नभई प्रधानमन्त्रीको निर्देशनले मात्रै प्रशासन चल्न नसक्ने पूर्व प्रशासक मैनालीले नयाँ सरकारले अचानक निर्देशन दिने भन्दापनि पहिला कर्मचारी र प्रशासनका समस्या समाधानका लागि सहयोग गर्नुपर्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस