aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

स्रोत नखुलेको ९० हजार नगदसहित जाफर अली पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ पुस २०७९
स्रोत नखुलेको ९० हजार नगदसहित जाफर अली पक्राउ

बर्दिया । गुलरीया नगरपालिका ८ भादाबाट स्रोत नखुलेको ९० हजार ५ सय ९० भारतीय रूपैयाँ र २ हजार ७ सय ८० नेपाली रूपैयाँ सहित भारत नयाँ दिल्ली थाना स्मानपुर ब्रमपुरी दिल्ली बस्ने ४५ वर्षीय जाफर अलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले डिएल १० एस डब्लु ९१०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बाँकेमा बुझाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस