aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बेटर होम्सको फर्निचर मेला २२ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ पुस २०७९
बेटर होम्सको फर्निचर मेला २२ गतेदेखि

काठमाडौं । नेपालको पहिलो मोडुर्ल किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ’ प्रालिले यही पौष २२ गते देखि फर्निचर मेला आयोजना गर्ने भएको छ । घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरु बिभिन्न डिजाईनका साथ मेलमा पाइनेछन् । मेला काठमाडौंको सिटि सेन्टर अपोजिट,कमल पोखरीमा पौष २२ गते देखि  २४ गते सम्म सन्चालन हुनेछ ।

काठका बिभिन्न  फर्निचरहरु  उपोभोक्ताले एकै स्थानबाट खरिद गर्न सकिने बेवस्था मिलाईएको आयोजक बेटर होम्स फर बेटर लिभिङ् प्रा लि की कार्यकारी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन ।

मेलमा काठका फर्निचरहरुमा आरम्दायी सोफा सेट, क्लासिक बक्स पलङ, सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल दराज लगाएतका सामाग्री राखिएका  छन् ।

प्रतिक्रिया दिनुहोस