कैलाली । कैलालीको कञ्चनपुर लगायत विभिन्न स्थानका व्यक्तिहरूलाई डर त्रास तथा विभिन्न प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दार्चुला लेकम गाउँपालिका १ बस्ने ३५ वर्षीय पदम राज भट्टलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न बैंक तथा संघ सस्थाहरुको हाकिम हुँ भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन देखाउनका साथै महिलाहरुलाई ललाई फकाई अश्लिल भिडियो पोष्ट गरिदिने धम्की दिदै ठगीमा गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालीका ३ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस