काठमाडौं । वाणिज्य कानुन समाज नेपालको अध्यक्षमा अधिवक्ता डा. अवतार न्यौपाने चयन भएको छ । यही पुस १९ गते सम्पन्न समाजको निर्वाचनमा सर्वसम्मतरुपमा गठित ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता परशुराम कोइराला, सचिवमा अधिवक्ता डा. रामहरि त्रिपाठी, कोषाध्यक्षमा अधिवक्ता पूर्णिमा गुरागाईँ तथा सदस्यहरुमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, वरिष्ठ अधिवक्ता ज्ञानेन्द्र प्रसाद पोखरेल, अधिवक्ता डा. रेशमराज रेग्मी, अधिवक्ता खडानन्द कँडेल तथा अधिवक्ता पुरुषोत्तम अधिकारी चयन भएका हुन् ।
डेढ दशक अघि स्थापना भएको वाणिज्य कानुन समाज नेपालले वाणिज्य कानुनका सम्बन्धमा विभिन्न अन्तरक्रिया, गोष्ठी एवं छलफल कार्यक्रमको आयोजना गरी वाणिज्य कानुनका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ । त्यसैगरी समाजले बिजनेस ल जर्नल समेत प्रकाशन गर्दै आएको छ । अबका दिनमा यी कार्यक्रमहरुलाई विस्तार गर्दै जाने र बिजनेस ल जर्नललाई पनि निरन्तर एवं नियमितरुपमा प्रकाशन गर्दै जाने अध्यक्ष डा. न्यौपानेले जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस