aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २२ पुस २०७९
बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुर्सानेमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने नजिकै बिहीबार राति  ९३० बजे राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको हो । 

दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नं। ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका रहेको उनले बताए ।

मृतक मध्ये एकजनाको भने पहिचान हुन सकेको छैन । मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जनाको शव बसले च्यापेको अवस्थामा छ । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ । 

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हबल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए ।

प्रतिक्रिया दिनुहोस