aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

नाडा अटो सो मा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
नाडा अटो सो मा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन

काठमाडौं । काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको छ । 

नाडाले आयोजना गरेको अटो सो यहि भाद« १० गते देखि १५ गते सम्म, बिहान १० बजे देखि काठमाण्डौको भृकुटीमण्डपमा ६ दिन सम्म चल्नेछ । 

आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक अल्फा जेनिथ 5w-30 र म्याक अल्फा जेनिथ 10w-30 र अर्काे म्याक रुवि ग्रीज पनि लन्च गरेको हो । 

यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यस्को बहु बिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । 

म्याक लुब्रिकेन्ट भारत पेट्रोलीयम कर्पोरेशन को उत्पादन मध्येको एक उत्पादन हो । यसले सोमा ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको  म्याक लुब्रिकेन्टले जनाएको छ । 

नाडाले आयोजना गरेको अटो सोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडा र  भारत पेट्रोलीयम  क्रपोरेसनका कार्य कारि निर्देशक भि .आनद र सिप्रदी टे«डिङ्गका सि.इ.ओ राजन बाबु श्रेष्ठले ग।रेको हो  । 
 

प्रतिक्रिया दिनुहोस