aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

गठबन्धन भत्काउन होइन तर्साउन मात्र कस्सिएको नेपाली कांग्रेस

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, २३ पुस २०७९
गठबन्धन भत्काउन होइन तर्साउन मात्र कस्सिएको नेपाली कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिनहरू नजिकिँदै छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भने सत्ता गठबन्धन तोड्ने खेलकुदमा लागेको छ ।

प्रधानमन्त्री दाहालले यही २६ गते विश्वासको मत लिने कार्यक्रम छ । अप्रत्याधित रुपमा एमाले–माओवादी केन्द्र सत्ता गठबन्धन बनेर सरकारको नेतृत्वमा समेत आइसकेपछि काँग्रेस अतालिएको छ ।

प्रमुख दल हुँदाहुँदै सत्ता बाहिर बस्नु परेको पिडाको बदलामा काँग्रेसले वर्तमान गठबन्धन भत्काउने योजना बनाएको छ । केही दिनदेखि काँग्रेसका सबै संयन्त्र जसरी हुन्छ यो गठबन्धन भत्काउने चलखेलमा केन्द्रित छन् ।

पुस २५ गते नयाँ संसदको पहिलो बैठक बस्दैछ । यसअघि नै सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण बनाउने दौडधुपमा काँग्रेस लागेको हो । सत्ता बाहिर बस्नु परेको पिडा काँग्रेसका शीर्ष र दोश्रो तहका नेतामा बढि देखिन्छ। काँग्रेसका इतर पक्ष भन्दा संस्थापन पक्षका नेताहरु यसबाट बढि प्रभावित छन् ।

त्यसो त पछिल्ला दिनहरुमा काँग्रेसका इतर पक्षहरु पनि सम्मिलित भएर गठबन्धन फुटाउने खेलकुदमा लागेको देखिन्छ ।

विशेषगरी नयाँ सत्ता समीकरण बनेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुपचाप बसिरहेका थिए । उनी हालको गठबन्धनलाई चलाउने पक्षमा नरहेको बुझिएको थियो । तर दोस्रो तहका नेताहरुले देउवालाई सत्ता गठबन्धन फुटाउन सकिने संभावनाहरु देखाए। र, तीनमा सहमत बनाउन सफल भए । त्यसपछि मात्र देउवा संस्थापन र इतर पक्षका नेताहरुलाई भेला गराएर देखिने गरी बिहीबारबाट भत्काउने खेलकुदमा लागेका हुन ।

उनले शुक्रबार साँझसम्म नयाँ सत्तामा सहभागी विभिन्न पार्टीका शीर्ष नेताहरुसँग छलफल र भेटघाट गरिरहेका छन् । कतिपय भेटघाट प्रत्यक्ष छन् भने कतिपयमा मध्यस्थकर्ता राखिएको बुझिएको छ । उनीहरु मार्फत विभिन्न तह र एजेण्डामा छलफल भइरहेका छन् । विशेषगरी शक्तिको बाँडफाँड र राजनीतिक एजेण्डाका बिषयमा छलफलहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस