aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

साझा बसमा राष्ट्रपति सरर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ पुस २०७९
साझा बसमा राष्ट्रपति सरर

 काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटन ढोका पुगेकी छिन्। राष्ट्रपति भण्डारी आज (शनिवार) दिउँसो शीतल निवासबाट विद्युतीय बस चढेर पाटन ढोका पुगेकी हुन् । 

हाकुपटासीमा सजिएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरिन् । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन् ।  

पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगिन् । पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिइन् । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा नै शीतल निवास फर्किएकी हुन् । -रासस 

प्रतिक्रिया दिनुहोस