aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रवि लामिछानेको नैतिकतामाथि भीम रावलले उठाए गम्भीर प्रश्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ पुस २०७९
रवि लामिछानेको नैतिकतामाथि भीम रावलले उठाए गम्भीर प्रश्न

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा (एमाले)का नेता डा. भीम रावललेि उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताका विषयमा गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत रावलले राजनीतिक नैतिकता गुमेको व्यक्तिबाट कानूनको सम्मान नहुने बताउँदै उनले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएका हुन् ।

उनले अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्नु सुशासनका लागि व्यङ्ग्य रहेको समेत उल्लेख गरे । उनले लेखेका छन्,  ‘विदेशी नागरिकता लिएर मुग्लान पसेको र सँगै कानून विपरीत नेपालको नागरिकता पनि कायमै राखेको भन्ने विषयमा अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्ने, बनाउनेले सुशासनका कुरा गर्नु आफैमा व्यङ्ग्य हो । राजनीतिक नैतिकता गुमेको अवस्थामा कानूनको सम्मान हुने कुरा टाढाको विषय हुन् ।’

प्रतिक्रिया दिनुहोस