aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

तीन लाख ७० हजारसहित जुवातास खेलिरहेका १० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ पुस २०७९
तीन लाख ७० हजारसहित जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले करिब एक दर्जन जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका ९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने ५२ वर्षीय पुष्प बहादुर खड्का लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७० हजार रुपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस