aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आर्थिक स्वार्थको टकराबले नयाँ विश्व व्यवस्था हाम्रा लागि झन् खतरनाक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
आर्थिक स्वार्थको टकराबले नयाँ विश्व व्यवस्था हाम्रा लागि झन् खतरनाक

विश्व राजनीतिले नयाँ चरणमा प्रवेश गर्ने तयारीमा रहेका बेला त्यो कस्तो होला भन्ने खालका प्रश्नहरू उब्जिरहेका छन्। धेरैले के अनुमान गरेका छन् भने नयाँ विश्व व्यवस्थामा हालका कुलीनहरूले उनीहरूको योजनाहरूको लागि जति सहजता प्राप्त गरिरहेका छन् त्यसमा उनीहरूले सोचेभन्दा बढी व्यवधानको सामना गर्नुपर्ने हुनसक्छ। 

यो किन हुन्छ भने अहिले उनीहरूले गर्दै आएको सम्पूर्ण घोटाला पश्चिममा आधारित अर्थतन्त्रका कारण सम्भव भएको हो। यो ठुलो जनसमुदायमा व्याप्त अज्ञानता र सामान्य अवस्थामा पनि उनीहरूले राख्ने आत्मसंतुष्टतामा आधारित छ।

पश्चिमाहरूले के बुझेका छन् भने विश्वमा प्रभुत्व कायम राख्नका लागि विश्व प्रणालीमा पश्चिमको नियन्त्रण आवश्यक छ। उनीहरू त्यसै आफ्नो लुटको स्वर्गमा सङ्कट नआउनेमा पनि ढुक्क देखिन्छन् एक हदसम्म। यस्तो किन सोचिरहेका छन् भने हामी धन र नवीनताको स्रोत हौँ र त्यो आवश्यकताले हाम्रो अनिवार्यता कायम राख्छ भन्ने उनीहरूको विश्वास छ। 

तर, त्यहाँ पनि अनौठा आर्थिक समस्याहरू देखापरिरहेका छन्। मुद्रास्फीति र चर्को ब्याजदरले मानिसहरूलाई हायलकायल बनाएको छ। त्यसैले अहिलेको सङ्कटबाट बाहिर निस्केर त्यसले सिर्जना गरेका समस्याहरूलाई कसरी निप्टने भन्ने विषयले त्यहाँ पनि प्रमुखता पाइरहेको छ। 

नयाँ विश्व व्यवस्था निर्माणको सतहमा ऊर्जा समस्या, युद्ध र विभिन्न मुलुकहरूमा गृह कलहको स्थिति देखिएको छ। यो यति तीव्र गतिमा बढ्दो छ कि हरेक मुलुकमा नयाँ र अप्रत्याशित राजनीतिक घटना/परिघटनाहरू देखा परिरहेका छन्। 

नयाँ विश्व व्यवस्थामा चीनलाई आर्थिक र राजनीतिक शक्तिको ठुलो स्रोत मानिन्छ। तर, वास्तवमा पश्चिमका ग्राहक नहुने हो भने चीन प्रविधि, बजार, ऊर्जा र खाद्यान्नविहीन अवस्थामा पुग्छ। एक ढङ्गले भन्ने हो भने ब्याकवाटर (जमेको पानी जुन स्थिर हुन्छ शक्तिविहीन ) मात्र हो। विगत केही सातादेखि त्यहाँ प्रयास गरिएका लकडाउनका कारण सरकार अस्थिर छ । विगत दुई वर्षको उनीहरूको खाद्यान्न अभावलाई सञ्चारमाध्यमले उल्लेख गर्दैनन् तर त्यहाँको राजनीतिका अस्थिरतामा यसले योगदान पुर्‍याएको छ। 

सैद्धान्तिक रूपमा अन्तिम विकल्प भनेको चीनद्वारा वित्त पोषित बेल्ट एन्ड रोड प्रणालीलाई विस्तार गर्नु हो। दुर्भाग्यवश चीनले अहिले त्यहाँ अपेक्षा गरेभन्दा कठिन समयको अनुभव गरिरहेको छ। ताइवानको बारेमा ब्लफिङ रमाइलो छ तर कम खतरनाक पनि छैन। भारतसँगको सिमाना पनि अस्तव्यस्त बनेको छ ।

यी सबै परिदृश्यले नयाँ विश्व व्यवस्था पनि कम समस्याग्रस्त नहुने देखाउँछ। जसको प्रत्यक्ष असर नेपाल जस्ता अति कम विकसित मुलुकलाई पर्नेछ। पुरापुर रेमिट्यान्सले धानेको हाम्रो जस्तो अर्थतन्त्रलाई विश्व अर्थतन्त्रमा देखा परेको एउटा मात्र पक्षले छोयो भने पनि स्थिति भयावह हुनसक्छ। विश्वका ठुला अर्थतन्त्रहरू नै आफ्नो प्रभुत्वको लडाइँमा लडिरहेको बेला हाम्रा प्राथमिकता र आवश्यकता कसैको पनि रोजाइमा पर्दैन। त्यो स्थिति हाम्रो हकमा अकल्पनीय समेत बन्ने सम्भावना छ। 

प्रतिक्रिया दिनुहोस