काठमाडौं । साउथ एशियन स्कुल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) विराटनगरले विद्यार्थीलाई बिर्तामोडमा एकदिने अभिमूखिकरण तालिम प्रदान गरेको छ । सास्थमले बीबीए र बीएचएमकाका प्रदेश नं. १ भरीका विद्यार्थीलाई शुक्रवार बिर्तामोडको सिद्धार्थ होटलमा अभिमूखीकरण तालिम दिएको हो ।
बी एच एम –१०० र बीबीए ८० गरी १८० जना विद्यार्थीलाई अभिमूखीकरण तालिम प्रदान गरिएको थियो । अभिमूखीकरण तालिम तथा विषयगत कुरामा कलेजका बी एच एम कार्यक्रम संयोजक शैलेन्द्र गणेश र बीबीए कार्यक्रम संयोजक बिनय केसीले गराएका थिए । विद्यार्थीलाई उत्प्रेरणा, अनुशासन, होटल म्यानेजमेन्ट, व्यवस्थापन संकाय र टुरिज्म क्षेत्रका विषयमा क्याम्पसका कार्यकारी निर्देशक रोशन थापाले बताएका थिए ।
प्रिन्सिपल देवराज श्रेष्ठको अध्यक्षतामा भएको अभिमूखीकरण तालिमको उद्घाटन एमएटी कलेजका प्रिन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि राधेश्याम ढकालको उपस्थितमा सञ्चालन भएको थियो । कार्यक्रममा क्याम्पस म्यानेजर महेश्वर प्रसाद सिंहले स्वागत मन्तव्य राखेका थिए । प्रदेश नं.१ कै पहिलो होटल व्यवस्थापन विषयमा २००२ देखि शिक्षा दिँदै आएको सास्थमले २००९ देखि बीबीए र हाल २०२३ देखि एमबीए कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी सास्थमका ट्रेनिङ एण्ड प्लेसमेन्ट विभागका प्रमुख कमल आचार्यले गराउदै कार्यक्रमको जानकारि गराएका थिए ।
प्रतिक्रिया दिनुहोस