aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टिमको सफलता

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, २५ पुस २०७९
पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टिमको सफलता

काठमाडौं । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा २०२२ मा नेपाली टिम दोस्रो भएको छ । आईतबार इन्डोनेसियाको जाकारतामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । विजेता एसटुजीले ५ लाख ८४ हजार अमेरिकी डलर पाएका छन् भने उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

फाइनल पुगेको नेपालकै अर्को टिम टिटुके भने १३ औँ स्थानमा आएको छ । उसले ११२ अंक जोडेर १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार  प्राप्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस