aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज प्रतिनिधिसभाको पहिलो बैठक, यी विषयमा हुनेछ छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
आज प्रतिनिधिसभाको पहिलो बैठक, यी विषयमा हुनेछ छलफल

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनपछि चुनिएका सांसदहरुको पहिलो बैठक आज बस्दैछ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरा बस्न लागेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । 

आजको बैठकको सुरुआतमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाइने सम्भावित कार्यसूची छ ।

यस्तै, ज्येष्ठ सदस्यले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सांसदहरूको मनोनयन गर्नेछन् । 

अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा शीर्ष नेताहरूले मन्तव्य राख्नेछन् । केही शोक प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस