aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अनैतिक क्रियाकलापमा संलग्न क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
अनैतिक क्रियाकलापमा संलग्न क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरी अध्यागमन विभाग बुझाएको  हो ।  

परिषद्का अध्यक्ष भविश्वर शर्माले विगत ६ महिनादेखि बिना भिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने तथा अनैतिक गतिविधिमा सङ्लग्न रहेका पाइएपछि पक्राउ गरी अध्यागमन विभाग बुझाइएको जानकारी दिए ।

“ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ”, अध्यक्ष शर्माले भने। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पुर्याएर स्वदेश फर्काउन अध्यागमनले प्रक्रिया सुरु गर्नेछ । 

प्रतिक्रिया दिनुहोस