aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गोटी चाल्न छोडौँ, छाप्रातिर हेरौँ: केपी ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
गोटी चाल्न छोडौँ, छाप्रातिर हेरौँ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकार ढाल्नका लागि गोटी चाल्ने काम छोडेर सबैले राष्ट्रिय समस्याहरूको समाधानमा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

आफू सरकार सञ्चालनको लागि गठित उच्च स्तरीय राजनीति संयन्त्रको संयोजक समेत रहेकोले देशका समस्याहरूमा केन्द्रित हुनेगरि नीति तथा कार्यक्रम तयार गरिरहेको उनले बताए । सबैलाई अब एकजुट भएर नागरिकहरूका पिर मार्का र समस्यामा ध्यान दिनुपर्ने बताउँदै उनले भने, ‘अब सरकार ढाल्ने वा गठन गर्ने उद्देश्यले गोटी चाल्ने काममा लाग्नु हुँदैन । गरिबका छाप्राहरूतिर हेर्नु पर्छ । तिनका समस्या समाधानमा केन्द्रित हुनुपर्छ ।’

अब नयाँ ढङ्गले जनताले पत्याउने र विश्वास गर्नेगरि काम गर्नु पर्ने कुरामा जोड दिँदै ओलीले भ्रष्टाचार र बेथितिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने कुरा बताए । 

 

प्रतिक्रिया दिनुहोस