aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

हामी भ्रष्टाचार गर्दैनौं, कुनै भ्रष्टाचारीलाई छाड्दैनौंः रवि लामिछाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
हामी भ्रष्टाचार गर्दैनौं, कुनै भ्रष्टाचारीलाई छाड्दैनौंः रवि लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएकोे मत निराशाको मत नभएको दावी गरे । प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीलाई लाग्ने गरेको निराशाको मत पाएको लाल्छना सही होइन । बरु आशाको मत प्राप्त गरेका हौं । नयाँ दलले मातिने गरी जित हासिल नगरेको तर जनताले पुराना दलहरुलाई सचिन भने निर्देश गरेको उनले बताए । सरकारको न्युनतम कार्यक्रमले जनताको आधारभुत समस्याहरु समाधान गर्ने आश्वासन उनले दिए । 

उनले प्रतिपक्षीहरुले अड्काउने काम नगरि सरकारलाई सघाउन समेत आग्रह गरे । कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने कुरा सरकारको न्युनतम साझा कार्यक्रममा महत्पूर्ण बुँदामा राखिएको जानकारी दिँदै त्यसको कार्यान्वयनमा निर्मतापूर्ण लाग्ने प्रतिवद्धता व्यक्त गरे । 

गृहमन्त्रीको हैसियतमा बोल्दै उनले भने, ‘कुनैपनि अपराध्ीलाई छुटाउन दबाव नदिनु होला ।’उनले छातीमा हात राख्दै भने, ‘म र म सम्वद्ध दलका मन्त्रीहरु र सांसदहरुका कारणले जनताले दुख पाउने छैनन् । हामी कुनै  प्रकारका अनियमिततामा कहिल्यै मुछिने छैनौं । यदी त्यस्तो भएमा निर्मम सजाय भाृग्न तयार छौं ।’

प्रतिक्रिया दिनुहोस