काठमाडौं । प्रहरीले लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका १७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ८ लामाटार बस्ने ४४ वर्षीय संजिव भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट लेनदेन मुद्दामा २ वर्ष कैद र बिगो ४० लाख रुपैयाँ फैसला ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं बबरमहलमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस