काठमाडौं । राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली दुई दिन अवरुद्ध हुने भएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै सोमबार राती ९ बजेदेखि बुधबार बिहान ७ बजेसम्म उक्त सिस्टम बन्द हुने जनाएको हो ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘यस विभागबाट सञ्चालनमा रहेको भेकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) को सर्भर तथा प्रणालीको मर्मत तथा स्तरोन्नतिका सोमबारदेखि बुधबार बिहान ७ बजेसम्म सो प्रणाली अवरुद्ध हुने छ ।’
यसका साथै उल्लेखित समय भन्दा बाहेक छुट््ने सबै मालवाहक सवारी साधनले अनिवार्य रुपमा भिसिटिएस प्रविष्ट गर्न समेत विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस