aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

यो वर्ष सुनको मूल्य अत्याधिक बढ्ने, यस्तो रहेछ सुन महँगिनुको कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
यो वर्ष सुनको मूल्य अत्याधिक बढ्ने, यस्तो रहेछ सुन महँगिनुको कारण

काठमाडौँ। सोमबार नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय पुग्यो। अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँ बढ्दा त्यो मूल्य कायम भएको हो। यसअघि नेपालमा १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोला सम्म पुगेको रेकर्ड छ। तर, यही रफ्तारले बढ्ने हो भने चाँडै सुनको मूल्यले नेपालमा पनि नयाँ रेकर्ड कायम गर्ने देखिंदैछ। 

केहिदिन अघि एउटा समाचार सार्वजनिक भयो - 'रोकियो सुन आयात'। सुनको मूल्यले नयाँ उचाइ छुन थालेसँगै बजारमा माग नहुँदा विदेशबाट हुने सुन आयात रोकिएको हो। यसले के देखाउँछ भने सुनको मूल्य यति बढ्यो कि त्यो खरिद गर्नेबारे आम मानिसले सोच्नै नसक्ने अवस्था बनेको छ। 

त्यसो त सुनलाई सबैभन्दा सुरक्षित सम्पत्ति मानिन्छ। त्यसैले पनि सबै प्रकारका अन्य सम्पत्तिहरूले आफ्नो मूल्य गुमाइरहेको बेला नयाँ नयाँ रेकर्ड राख्दै सुनले अब्बल सम्पत्ति भएको प्रमाणित गरिरहेको छ। 

गोल्डम्यानको सबैभन्दा पछिल्लो प्रक्षेपण अनुसार सन् २०२३ मा सुनको मूल्य निकै नै माथि पुग्नेछ। सन् २०२२ मा सुनको भौतिक माग एसियाली बजारमा उच्च देखिएको थियो। त्यो यो वर्ष पनि कायम रहने देखिएको हो। यसबिच पश्चिमा मुलुकहरूले सुन बेचे भने एसियाली देशहरू बिशेषगरि ब्रिक्सका मुलुकहरूले सुन खरिद गरे। 

किन पश्चिमीले गरे बिक्री ?

पश्चिमले सुन र चाँदीको बिक्री यसबिच धेरैले बढायो। उनीहरूले गएको अप्रिल महिनामा सुरु भएको मुद्रास्फीति नियन्त्रणको लागि सुन बिक्री गरेर त्यसलाई जोखिम हेजका रूपमा प्रयोग गर्न खोजे। बहुमूल्य धातुहरूको स्टक मूल्याङ्कनको कारण बहुमूल्य धातुहरूको बिक्रीमा वृद्धि भयो। त्यसैले आफ्नो आवश्यकता पूर्ति गर्न र आर्थिक सङ्कट कम गर्न आवश्यक तरलता जुटाउन उनीहरूले सुन बेचे। 

एसियाली राष्ट्रले किन किन्दैछन् ?

निश्चित रूपमा भविष्यमा व्यापार र पैसा प्रवाहको पूर्ण विभाजन हुने तयारीको लागि पूर्व लागि परेको छ। तिनीहरूको आफ्नो भण्डारमा विविधता ल्याउनको लागि सुन लगायतका बहुमूल्य धातु खरिद गरिरहेका छन् । उनीहरू बहुमूल्य धातुको भण्डारण मार्फत आफ्नो थैली बलियो बनाउने तयारीमा छन्। चीन धेरै अघि देखि नै यो प्रक्रियामा छ र अत्यधिक मात्रामा सुन भण्डारण गरिरहेको छ। 

चीनले बढायो सुनको भण्डार 

शनिवार वेबसाइटमा प्रकाशित गरेको तथ्याङ्क अनुसार पिपुल्स बैंक अफ चाइनाले डिसेम्बरमा आफ्नो सुन होल्डिङ ३० टनले बढाएको छ। नोभेम्बरमा ३२ टन थपिएको छ, जुन सेप्टेम्बर २०१९ पछि त्यहाँ प्रकाशित गरिएको पहिलो रिपोर्ट हो। त्यसअघि, पछिल्लो वृद्धि अक्टोबर २०१६ मा भएको थियो। भर्खरको आधिकारिक खरिदहरूले चीनको कुल सुन होल्डिंग २०१० टन पुगेको छ।

गत महिना रिपोर्ट गरे अनुसार, गत वर्षको तेस्रो त्रैमासिकमा केन्द्रीय बैंकको तीव्र खरिदले करिब ४०० टनमा रेकर्ड बनाएको थियो, जसको एक चौथाइ मात्र सार्वजनिक रूपमा पहिचान गरिएका संस्थाहरूमा गएको थियो। विश्व सुन काउन्सिलको माग प्रवृत्ति रिपोर्ट अनुसार त्यस बेलादेखि चीनले आफ्नो सुन खरिद गरेको खुलासा भएको छ। बजार पर्यवेक्षकहरूले अनुमान लगाइरहेका छन् कि रुसको सुन होल्डिंग पनि अहिले इतिहास कै सर्वाधिक उच्च बिन्दुको नजिक छ।

यसबाहेक उज्बेकिस्तान, तुर्किमास्थिन लगायतका मुलुकले पनि ठुलो मात्रामा सुन भण्डारण गरेका छन्। भारत लगायत अन्य आर्थिक अवस्था सुदृढ गर्दै गरेका एसियाली देशहरूले पनि सुन जम्मा गरेका छन्। 

 

 

प्रतिक्रिया दिनुहोस