aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

पहिलो दिनको संसद बैठकमा कुन दलका शिर्ष नेताले के भने ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २६ पुस २०७९
पहिलो दिनको संसद बैठकमा कुन दलका शिर्ष नेताले के भने ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आज (सोमबार)देखि प्रारम्भ भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजेबाट प्रतिनिधिसभा बैठक सुरु भएको हो । नवनिर्वाचित प्रतिनिधिसभामा १२ राजनीतिक दलले प्रतिनिधित्व रहेको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा (एमाले) का ७९, नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४, जनता समाजवादी पार्टी (जसपा) नेपालका १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका चार–चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक–एक तथा स्वतन्त्र तीन सांसद छन् ।

सार्वभौम संसद्ले नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताएका छन् । प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिन नहुनेमा समेत जोड दिए । “हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ ।”

उनले भने, “हामी सुशासन दिन सक्छौं कि सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं ? यो संसद् हाम्रो परीक्षाको केन्द्र हो । जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।”

हजारौं शहीद, बेपत्ता, जेलनेल सहेका र घाइते अपाङ्ग नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट समावेशी संसद् बन्न सफल भएकोतर्फ इङ्गित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद् बनेकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस