aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जंगलमा जुवा खेलिरहेका तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ पुस २०७९
जंगलमा जुवा खेलिरहेका तीन जना पक्राउ

काठमाडौं । जंगलमा जुवा खेलरहेका तीन जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल खड्का गाउँस्थित जंगलमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका २ नयाँपाटी बस्ने ४२ वर्षीय रविन्द्र बिष्ट लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ७ सय ९० रूपैयाँ र २ वटा ओखर सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस