काठमाडौं । सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ । गृहमन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बुधबार पृथ्वी जयन्ती परेका कारण सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘पुस २७ गते बुधबारका दिन पृथ्वी जयन्तीको अवसरमा नेपाल राज्यभर र विदेशस्थित नेपाल राजदुतावास तथा कुटनीतिक नियोगहरुमा समेत सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।’
प्रतिक्रिया दिनुहोस