
एजेन्सी । अटो एक्सपो २०२३ जनवरी १३ देखि दिल्लीमा सुरु हुँदैछ। यो ग्रेटर नोएडाको जेपी गल्फ कोर्स नजिकैको इन्डिया एक्सपो मार्टमा हुनेछ। शोमा विद्युतीय सवारी साधनको वर्चस्व रहनेछ । यसमा ३० भन्दा बढी विद्युतीय सवारी उत्पादन गर्ने कम्पनी र स्टार्टअपहरू समावेश हुनेछन्।
बेनेली, किवे, टर्क मोटर्स, म्याटर इनर्जी, अल्ट्राभायोलेट अटोमोटिभ, एलएमएल इमोशन, यामाहा र सुजुकी जस्ता साना तथा ठूला कम्पनीले आफ्नो गाडी प्रस्तुत गर्नेछन् । तर, यसपटक होन्डा, हिरो, बजाज र टिभिएस जस्ता ठूला दुई पाङ्ग्रे ब्राण्डले एक्स्पोबाट टाडा हुने छन् ।
मिडिया रिपोर्टका अनुसार, यस पटक एलएमएल मोशन इलेक्ट्रिक बाइक सहित धेरै उत्कृष्ट दुई पाङ्ग्रेहरू देख्न सकिन्छ। यस्तो अवस्थामा अटो एक्स्पोमा प्रस्तुत हुने सम्भावित १५ वटा गाडीको बारेमा बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस