aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

शेयर बजारको उत्साह सरकारप्रतिको विश्वास होः प्रधानमन्त्री प्रचण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ पुस २०७९
शेयर बजारको उत्साह सरकारप्रतिको विश्वास होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारमा देखिएको उत्साह सरकारप्रतिको विश्वासको रुपमा आफूले लिएको बताएका छन् । मंगलबार संसदमा आफ्नो सरकारलाई विश्वासको मत माग्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् । 

संसदलाई संम्बोधन गर्दै उनले भने, ‘पछिल्लो समय पुँजी बजारमा देखिएको उत्साहलाई मैले नियाली रहेको छु । त्यो उत्साह नयाँ सरकारप्रतिको विश्वासको रुपमा प्रकट भएको मेरो बुझाई छ ।’

पुँजी बजारलाई दिगो टेवा पुग्ने खास कुनै योजना र प्रतिवद्धता भने उनले संसदमा पेश गरेनन् । बरु आर्थिक संकटका कारण मुलुक गम्भिर अवस्थामा रहेको भने पटक पटक दोहोर्याए । प्रधानमन्त्रीका आधारहिन आश्वासनले गर्दा लदगातार रुपमा उचालिएको बजार अब कुन दिशातर्फ लाग्ने हो भन्ने चिन्ता शेयर बजारका आम लागनीकर्ताहरुमा छ ।

मुलुकका आर्थिक सूचकांकहरु अत्यन्तै कमजोरी अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले केही तथ्यांकहरु समेत पेश गरे । राजस्वले खर्च नधानीरहेको विषयलाई तथ्यांकसहित पेश गरेका प्रधानमन्त्रीले पुँजी बजारलाई थप मद्दत पुग्ने खालका कुनै पनि शब्द नबोलेपछि मंगलबारको बजारमा व्यापक उचारचढाव देखिएको छ । 

प्रधानमन्त्रीले संम्बोधन शुरु गर्नुअघि ६४ अंकले बढेको बजार उनले संम्बोधन गर्दागदै झरेर ३२ अंकले अघिल्लो दिनको भन्दा तल पुगेको थियो । 


 

प्रतिक्रिया दिनुहोस