aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

ओलीले लिए देउवाको हुर्मत, सरकारलाई समर्थन गर्दा समेत पाएनन् सुख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ पुस २०७९
ओलीले लिए देउवाको हुर्मत, सरकारलाई समर्थन गर्दा समेत पाएनन् सुख

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिसकेपछि पनि संसदमा पुर्व पधानमन्त्री शेरबहादुर देउवाको हुर्मत लिएका छन् । 

मंगलबार संसदलाई संम्बोधन गदै उनले आफूले अघिल्लो संसद विघटन गर्ने गरी गरेको निर्णय नाजायज नरहेको पुष्टि गर्ने क्रममा देउवालाई कटाक्ष गरेका हुन् । ओलीले देउवालाई प्रश्न गरे, ‘०५८ सालमा संसद विघटन मैले गरेको की तपाईले महाशय ?’

उनले अगाडी थपे, ‘त्यसबेला तपाईको निर्णय सबैले विरोध गर्दा म एक्लैले समर्थन गरेको होइन । तपाईले नै समयमा चुनाव गराउन नसक्दा मंसिर १८ र माघ १९ आएको होइन ?’

ओलीले २०१७ सालमा संसद विघटन आफूले नभई राजा महेन्द्रले गरेको र ०५१ सालमा पनि नेपाली कांग्रेसले नै संसद विघटन गरेको स्मरण गराए । 
संसद विघटन भन्ने बित्तिकै सधैं प्रतिगमन हुन्छ भन्ने धारणा त्याग्न उनले पटक पटक देउवालाई आग्रह गरे । छोड्दियौं कुरा भन्दै ओलीले पटक पटक त्यहि विषयलाई दोहोर्याएका थिए । 

सरकारलाई समर्थन गरेकोमा कांग्रेसलाई धन्यवाद दिँदा पनि उनले कटाक्ष नै गरे । उनले भने, ‘आखिर दुई वर्षपछि त समर्थन गर्छु भन्नु भएकै थियो नी । यसैपटक गर्न के गाह्रो ? त्यही गाह्रो मान्दा स्थिति बदलियो ।’

प्रतिक्रिया दिनुहोस