काठमाडौं । बागमती प्रदेशमा आज सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी मनोनयनको कार्यसूची रहेको छ । प्रदेश संसद सचिवालयले आज बिहान साढे १० बजेदेखि उम्मेदवारी मनोनयनको लागि समय तोकेको हो ।
सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने पक्का भएको छ । गठबन्धन इतरको उम्मेदवार भने टुंगो लागिसकेको छैन ।
सत्ता गठबन्धनबीच मुख्य पदहरू भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो ।
प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
निर्विरोध भए पनि वा एक जनाभन्दा बढीको उम्मेदवारी परे पनि २९ गते प्रदेश सभाको बैठक बोलाउने र सोही दिन निर्वाचन गरेर परिणाम सार्वजनिक गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस