काठमाडौं । आम जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय सेवा दिने उद्देश्यले क्लिनिक नेपालको स्थापना गरिएको छ । राष्ट्रिय एकता दिवसको अवसर पारेरे बुधबार क्लिनिक नेपालको सेवा सुभारम्भ गरिएको हो ।
काठमाडौं, पिङ्गलास्थान, गौशालास्थित नेपाल ल्याब हाउस अर्न्तगत क्लिनिक नेपालबाट सेवा शुरु गरिएको छ । संस्थापक तथा मेडिकल डाइरेक्टर डा. किरण जंग कुवरले क्लिनिक नेपालबाट फाईभ स्टार मेडिकल सेवा दिने लक्ष्य राखिएको बताए । सुपरस्पेलिस्ट चिकित्सकिय सेवा, सर्वसुलभ मेडिकल प्याकेज र होम मेडिकल सर्भिस समेत प्रदान गरिने डा. कुवरले बताए ।
यसले प्रदान गर्ने सेवाहरु गर्भावस्था, भ्रुण स्वास्थ्य, क्यान्सर केयर, बाँझोपना, पथ्थरी लगायतका स्वास्थ्य सेवाहरु रहेका छन् । डा. कुबरका अनुसार घरमै पुगेर रगत लिने र अनलाईनबाट रिपोर्ट हेर्न सकिने सुविधा समेत रहेको छ ।
‘नेपाल ल्याब हाउस’ का प्रबन्ध निर्देशक प्रा. डा. विदुर वस्तीले नेपाल सरकारबाट ए ग्रेडको मान्यता प्राप्त ल्याब प्रयोगशालाको गुणस्तर अब्बल रहेको उल्लेख गर्दै गुणस्तरिय परिक्षणको सेवा सहित क्लिनिक नेपाल सुरु गर्न लागेकोमा खुशी व्यक्त गरे ।
त्यस्तै ल्याब हाउसका प्रमुख अपरेटिङ्ग अफिसर (सीओओ) बासुदेव घिमिरेले यो सेवाको गुणस्तर तथा पहुँचमा विस्तार गर्न व्यवस्थापन पक्ष लाग्ने प्रतिबद्धता व्यक्त गर्दै छिटै नै सिटिस्क्यान एमआरआई सेवा सुचारु हुने जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस