
एजेन्सी । दक्षिण कोरियाली कार निर्माता हुन्डाईले अटो एक्सपो–२०२३ मा आफ्नो आइओनिक ५ इलेक्ट्रिक एसयुभि सार्वजनिक गरेको छ । यो प्रिमियम इभी बलिउड अभिनेता शाहरुख खानले सार्वजनिक गरेका थिए । यो ईभी सेतो, कालो र एक्सक्लुसिभ म्याट सिल्भर कलरमा तीन फरक रङमा उपलब्ध हुनेछ।
यसलाई १९ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यो कारले छिटो छिटो चार्ज गर्न सपोर्ट गर्छ। यसलाई १९ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यो कारले ७.४ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ र यसको उच्च गति १८५ किलोमिटर प्रतिघण्टा छ।
प्रतिक्रिया दिनुहोस